वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

भुरीगाउँमा नेपाली क्रिकेट समर्थक समाज बर्दिया जिल्ला समन्वय समिती गठन

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, फाल्गुन ७, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियाको भुरीगाउँमा नेपाली क्रिकेट समर्थक समाज बर्दिया जिल्ला समन्वय समिती गठन भएको छ ।

नेपाली क्रिकेट समर्थक समाज बर्दिया जिल्ला समन्वय समितीका सदस्य र अतिथीहरु ।

बबई नगरपालिकाको भुरीगाउँ बजारमा शनिवार एक कार्यक्रमको आयोजना गरी नेपाली क्रिकेट समर्थक समाज बर्दिया जिल्ला समन्वय समिती गठन भएको औपचारीक घोषणा गरीएको हो ।
नेपाली क्रिकेट समर्थक समाजको गोपाल निरौलाको संयोजकत्वमा ९ सदस्यि समिती गठन   गरीएको छ । समितीको सह–संयोजकमा धनसिंह बुढा, सदस्यहरुमा सुभम भण्डारी, हिक्मत विष्ट, अक्षय क्षेत्री, किरण मरासैनी, अजय श्रेष्ठ, देबेन्द्र जोशी र पे्रम विसी रहेका छन् ।

नेपाली क्रिकेट समर्थक समाज बर्दिया जिल्ला समन्वय समितीका सदस्यहरु

जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खगेन्द्र खनालकको प्रमुख अतिथ्यतामा अतिथी बबई नगरपालिकाका प्रतिनिधी सवओभरसियर केशव खनाल, युवा अभियानकर्ता दिपकराज तिमील्सेना, ईलाका प्रहरी कार्यालयका प्रतिनिधी कृष्ण केशी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

दिन प्रतिदिन क्रिकेट प्रती बढ्दै गईरहेको लोकप्रियता एवं नेपाली क्रिकेटको सफलतालाई प्रभावकारी बनाउन र नेपाली क्रिकेटलाई उचाईमा पुर्याउन सहयोग गर्ने उदेश्यले बर्दियामा पनि समिती गठन गरीएको समितीका संयोजक गोपाल निरौलाले जानकारी दिनुभयो ।

समाजले केहि महिना भित्र बर्दियामा क्षेत्रीय स्तरको प्रतियोगीता गर्ने लक्ष्य समेत प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: