वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

भुरिगाउँ बजारमा सरसफाई सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा बजार सरसफाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । जीवन जिउने कला नेपालको सर्मथनमा कृयाशिल युवा नेतृत्व बिकास टोली भुरिगाउँको आयोजना तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को कार्यलयको सहयोग र भुरिगाउँ खानेपानी सरसफाइ तथा उपभोत्ता समिती, उद्योग वाणिज्य सघं, लायन्स क्लव, नेपाल प्रहरी, खोखो सघं, स्वास्थ्य चौकी, स्थानिय समाजसेवी र ब्यापारीहरुको सहकार्यमा भुरिगाउँ बजार सरसफाइ गरिएको हो ।


ठाकुरबाबा नगरपालिका १ का वडा अध्यक्ष श्यामलाल थारुले उद्घाटन गरेको सरसफाई कार्यक्रममा भुरिगाउँ खानेपानी समिती ,उद्योग बाणिज्य सघं ठाकुरबाबा नगरपालिका लगायत स्थानियको उल्लेख्य सहभागिता रहेको थियो।
जीबन जिउने कला the art of living परिवारका प्रेम प्रसाद लम्सालको संयोजकत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: