वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

भुरिगाउँमा लैंगिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४ ।    

भुरिगाउँ,बर्दिया ।
‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौं, कोही नछुटौं’ भन्ने नारासहित बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबार एक कार्यक्रमका बिच मनाइएको छ । अन्तर्रा्ष्ट्रिय रुपमै मनाइने यो अभियानको क्रममा भुरिगाउँमा पनि यो दिबस मनाइएको हो । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा ओरेक नेपाल,लेखबेशी महिला बिकास बहुउद्धेश्य सहकारी सस्था, सौगात महिला बिकास बहुउद्धेश्य सहकारी सस्था लिमिटेडको सहकार्यमा दिबस मनाइएको हो ।
शनिबार दिउसो ठाकुबाबा नगरपालिका १ को वडा कार्यलयको भबनबाट निकालिएको र्याली भुरिगाउँ बजार परिक्रमा गरि नयाँ बसपार्क हुदै वडा कार्यलयको भवनमा पुगि कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले सेतो रिवन बाँधेर हिंसाविरुद्ध सबै एक जुट हुन आह्वान गरेका थिए । नोभेम्बर २५ देखि डिसेन्बर १० अर्थात मंसीर १० गते देखि मंसिर २४ गतेसम्म मनाइने यो अभियान यस अघि ठाकुरद्धारामा पनि र्याली निकालेर मनाइएको थियो ।
ठाकुरबाबा नगरपालिकाका वडा नम्मर १ का वडा अध्यक्ष श्यामलाल थारुले समाजमा हुने महिला हिशा , छाउपडि प्रथा, बाल बिबाह छुवाछुत अन्त्यका लागि आफु सधै तन मनका साथ लाग्ने बताउनुभएको छ । उहाले कामका आधारमा हुने बिभेदलाई अन्त्य गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभएको छ । कार्यक्रममा बोल्दै साना किसान सहकारी सस्थाकी प्रबन्धक मेनका पोख्रेलले लैगिंक हिशा बिरुद्धको अभियानलाई अभियानमा मात्रै सीमित नगरी व्यवहार मै लागू गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रसाशकिय अधिकृत कृष्ण प्रसाद खरेलको प्रमुख आतिथ्यता ,ठाकुरबाबा नगरपालिका वडा नम्मर १ का वडा अध्यक्ष श्यामलाल थारुको बिशेस आतिथ्यता रहेको थियो । भने ठाकुरबाबा नगरपालिकामा बिभिन्न सघं सस्थामा आबद्ध कर्मचारी, शिक्षक बिद्यार्थी,समाजसेबी बुद्धिजीबी सुरक्षाकर्मी लगायत को उपस्थीति रहेको थियो ।लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख कृष्णा कुश्मा थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: