वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

भुरिगाउँमा राष्ट्रिय कबड्डी प्रतियोगिता हुँदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४ ।    

ठाकुरबाबा,बर्दिया।
बर्दियामै पहिलो पटक बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँमा राष्ट्रिय कबड्डी खेल प्रतियोगिता हुने भएको छ । भुरीगाउँको सिँहवाहीनी खेल मैदानमा यहि पुस २४, २५ र २६ गते राष्ट्रिय कबड्डी खेलकुद प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिएका छन ।

पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा साविकका ५ विकास क्षेत्र सहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना सहितका महिला र पुरुष गरी १६ वटा समुहका खेलाडीहरु सहभागी हुने अखिल नेपाल कबड्डी संघका केन्द्रिय अध्यक्ष तुलसी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्: