वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

भुरिगाउँमा माघि पर्व बचत कार्यक्रम सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, पुस २६, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
बबई नगरपालिका ३ बलातीमा रहेको राधाकृष्ण बचत तथा रिण सहकारी संस्था लिमिटेडले माघी पर्व बचत तथा संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
हाम्रो मान्यता आर्थिक बिकास र सामाजिक रुपान्तरणका लागि हाम्रो सहकार्य भन्ने नाराका साथ थारु जातीको परम्परागत भेषभुषा र संस्कृतीलाई जीवन्तता दिन र पर्वका अवसरमा हुने फजुल खर्च बचत गरी भविष्यमा उपयोग गर्न सकियोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको सस्ंस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष देबिदत्त गौतम, पदमाखर लामिछाने, सरीता थारु लगायतका वक्ताहरुले यस्ता कार्यक्रमले संस्कृतीको विकासमा सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: