वि.सं.   सोमवार, फाल्गुन ६, २०७५   तदनुसार  18 February 2019

भुरिगाउँमा एक दिने कान शीविर सम्पन्न, १२० जनाको चेकजाँच

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, माघ ८, २०७३ ।    
Loading...

भुरिगाउँ ।
बबई नगरपालिका ८ बनकट्टीको किसान कमैया कल्याण सहकारी सस्था लिमिटेडको आयोजनामा शनिबार भुरिगाउँमा एक दिने कान शिविर सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज ढुगांनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी बबई नगरपालिकाका कार्यकारी अधिकृत पितृभतm गिरी विशिष्ठ अतिथी उधोग वाणिज्य सघंका अध्यक्ष युवराज अधिकारी नेउलापुर हेल्थपोष्टका इन्चार्ज इन्द्र बहादुर राजवंशी रहनुभएको थियो ।

शिविरमा बर्दियाका कान स्वास्थ्य अधिकृत दिपक बि सी ले कानको चेकजाँच तथा अप्रेशन र निशुल्क औषधिका लागि शिफरिस गर्नु भएको छ । बबई नगरपालिका कार्यकारी अधिकृत पितृभक्त गिरीले उद्घाटन गर्नु भएको कार्यक्रममा कर्णाली बोडिङ्गका जुनियर रेडक्रस सोसाइटीका शिक्षक नायक प्रकाश न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
जुनियर रेडक्रस सोसाइटी कर्णाली बोडिङ्ख स्कुल भरिगाउँको आतिथ्यतामा सम्पन्न शीविरमा एक सय बीस, जनाले कान जचाएको ओयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...