वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

भुरिगाउँबाट घाइते अवस्थामा चित्तलको उद्दार

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, माघ १३, २०७४ ।    

भुरिगाउं, बर्दिया ।
ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ र मिर्चैयाबाट घाइते अवस्थामा चित्तलको उद्धार गरिएको छ । शुक्रबार राती बर्दिया राष्ट्रिय निकुन्जबाट निस्केका १३ वटा चित्तल मध्ये २ वटा चित्तल गम्भीर घाइते अबस्थामा गाउँमा फेला परेका थिए । घाइते चित्तललाई उपचार पछि सैनावार पोष्टमा लगेर छोडिएको चोरी सिकार नियन्त्रण युवा परिचालनका अध्यक्ष जनार्दन योगी बताए ।


निकुन्जबाट गाउँ पसेका १३ वटा चित्तललाई शनिबार बिहान उद्धार गरी निकुन्जमा छोडिएको योगीले जानकारी दिदैँ बिगत केहि बर्षदेखि निकुन्ज संरक्षण र बन्यजन्तुको चोरी तस्करी नियन्त्रण गर्न नियन्त्रण सहयोग गर्दै आएको योगीले बताए । वन र बन्यजन्तु सरंक्षण गर्न बर्दियाको ठाकुरबाबा नगरपालिकाका बिभिन्न गाउँमा युवा सन्जाल समेत गठन गरिएको छ ।

तस्बिर: जनार्दन योगी

प्रतिक्रिया दिनुहोस्: