वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

भन्सार छलेर ल्याईएका ८ हजार रुपैयाँ बराबरका कुखुरा बरामद

        नवीन वली   |   प्रकाशित मिति: मङ्लबार, असार १०, २०७६ ।    

मधुवन (बर्दिया) ।
भारतबाट भन्सार छली गरी अवैध रुपमा नेपाल भित्र्याइएका ब्रोईलर कुखुरा मधुवनबाट प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्रीले मधुवन नगरपालिकाको वडा नंं. ५ स्थित १७ नं. चोकबाट करिव आठ हजार रुपैयाँ बराबरका ब्रोईलर कुखुरा बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले भारतबाट ल्याइएका करिब ३६ किलो तौल बराबरको ब्रोईलर बरामद गरेको ईलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी नायव निरीक्षक तेज बाहादुर खड्काले बताए । ब्रोईलर कुखुराको बढ्दो मागले गर्दा व्यापारका निम्ति भारतबाट अवैध रुपमा मधुवन नगरपालिका–५ का प्रकाश चौधरिले ल्याएको ब्रोईलर कुखुरा प्रहरिले बरामद गरेको हो ।

बरामद गरिएका कुखुरा रोगी देखिएका कारण कुखुरालाई खाल्डोमा गाडिएको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...