वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

भत्किएको पुल मर्मत गर्न ठेकेदारलाई निर्देशन

        छापाबाट   |   प्रकाशित मिति: बिहिबार, कार्तिक २, २०७४ ।    

गुलरिया, बर्दिया ।
श्रावणको अन्तिम साता बर्दियामा बबई नदिको बाढीबाट क्षतिग्रस्त गुलरिया-मगरागाडी सडकखण्ड अन्तर्गत बबई नदिको जब्दीघाटमा निर्मित पक्कीपुल मर्मतका लागि डिभिजन सडक कार्यालय नेपालगञ्जले सम्बन्धित ठेकेदारलाई कडा निर्देशन दिएको छ ।

पुल निर्माण पछि हस्तान्तरण नहुँदै बाढीबाट भाँचिएको अवस्थामा कार्यालयले पटक/पटक पत्राचार गर्दासमेत डिभिजन कार्यालयलगायत प्राविधिकहरुसँग सम्पर्कमै नआई ठेकेदार कम्पनीले पुल मर्मतमा आलटाल गरेपछि चाँडो पुल मर्मत गर्न पप्पु कन्स्ट्रक्सनलाई निर्देशन जारी गरेको हो ।

‘ठेकेदारलाई दुई पटक पत्राचार गर्यौ, तर ठेकेदार कम्पनीले वेवास्ता गरेपछि पत्रिकामा सूचना प्रकाशित गरी तत्काल पुल मर्मत गर्न हामीले कडा निर्देशन दिएका छौुं डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख अर्जुन कुमार बमले बताए । विभागले पनि ठेकेदारलाई पत्र पठाईसकेको छ ।

ठेकेदारले निर्माण सम्पन्न गरेको १ वर्ष भित्र मर्मत सम्भारको जिम्मेवारी रहने कानुनी प्रावधान रहेपनि ठेकेदारले यसलाई वेवास्ता गरेको डिभिजन सडक कार्यालयले जनाएको छ । ठेकेदारले मर्मतका लागि अटेर गरे प्रचलित कानुन, सार्वजनिक खरिद ऐन ०६३ तथा सार्वजनिक नियमावली ०६४ अनुसार कारवाही हुने चेतावनीसमेत दिइएको छ । यो समाचार हामीले अन्नपूर्ण पोष्टबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...