वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

भगवानलाई झुक्ने बनाउछु…का गायक कमल बिसी माल्दाई सडक दुर्घटनामा !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, माघ ७, २०७४ ।    

बर्दिया ।
बर्दियाली चर्चित लोक तथा दोहोरी गायक कमल बि.सी.माल्दाई काठमाण्डौमा सडक दुर्घटनामा परेका छन ।
सुटिङ्गको तयारीको लागि बानेश्वर जाँदै गर्दा अनामनगरको पिपलबोट नजिक उनी चढेको बा ५४ प ३०३० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट तिब्र गतिमा आएको नम्बर नखुलेको अर्को बाईकले ठक्कर दिदा दुर्घटना भएको हो ।


गायक बिसीको बाईकलाई ठक्कर दिने बाईक र त्यसमा सवार दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘आफ्नो गल्ति नहुदा पनि दुर्घटना भयो’ उपचारका क्रममा रहेका गायक बिसीले भने-‘अहिले नर्मलमा आउँदैछ ।’
दुर्घटनाका कारण मेला महोत्सबका महत्वपुर्ण कार्यक्रमहरु छुटको गायक बिसीले गुनासो गरे ।
दुर्घटनामा परि उनको दाहिने खुट्टामा चोट लागेको बर्दिया अनलाईनसंगको कुराकानीमा गायक विसीले बताए ।

बर्दिया अनलाईन गायक बिसीको सुस्वास्थ्यको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्: