वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

ब्राउन सुगरसहित चारजना पक्राउ

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, चैत्र ५, २०७३ ।    

धनगढी ।
लागुऔषध ब्राउन सुगरसहित धनगढीको मिलन चोकबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी २ का सञ्जय न्यौपाने, डडेल्धुरा अमरगढी नगरपालिकाका सरोज भट्ट र सुरेन्द्र भट्ट तथा कैलाली अत्तरिया नगरपालिकाका सन्तोष भट्ट रहेका छन् ।
सेतीअञ्चल प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले १४ ग्राम ब्राउन सुगर, ४५ ट्याब्लेट नाइट्रोभेट, आठ ट्याब्लेट स्पा स्मो प्रोक्सोभन र डाइलेक्स डिसी सिसि चार थानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: