वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

बैजनाथको मानव बेचविखन विरुद्धको रणनैतिक कार्ययोजना अभिमुुखीकरण सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, बैशाख ३०, २०७६ ।    

सोम गुुरुङ/बैजनाथ (बाँके) ।
साथी संस्थाको आयोजनामा एक दिने मानव बेचविखन विरुद्धको ऐन, रेफरल प्रणाली तथा बैजनाथ गाउँपालिकाको रणनैतिक कार्ययोजना बारे अभिमुुखीकरण गरिएको छ । बालबालिका बेचविखनको विरुद्धको परियोजना कार्यक्रम संयोजक दिपकमान श्रेष्ठले परियोजनाको उद्धेश्यबारे प्रष्ट पारेका थिए । प्लान नेपाल ईन्टरनेशनल नेपालगन्जका बाल संरक्षण अधिकृत कमला राईले प्लान नेपालले अहिले बाल संरक्षणको क्षेत्रमा कार्य गरिरहेको जानकारी दिइन् ।

सहजकर्ता कमला पन्तले नेपालको मानव बेचविखन विरुद्धका बनेका नयाँ ऐन, रेफरल प्रणाली तथा बैजनाथ गाउँपालिकाको रणनैतिक कार्ययोजना बारे अभिमुखीकरण गर्नु भएको थियो । साथै मुलुकी देवानी संहिता, बाल संरक्षणबारे पनि अभिमुखीकरण गरिएको छ । सो अभिमुखीकरणमा बैजनाथ गाउँपालिकाको पालिका स्तरीय बालअधिकार समितिका सदस्यहरु, जनप्रतिनिधिहरु, महिलाशाखा, स्वास्थ्य शाखा तथा सन्चारकर्मीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...