वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

बेवारीसे अवस्थामा नेपालगन्जको सडकबाट एक वृद्धको उद्दार

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ ।    

नेपालगन्ज, बाके ।
नेपालगन्जको हुस्सु र कुहिरो । काठयाङ्रिने चिसो । अहिलेको यो तितो वास्तबिकता हो । मान्छेहरु बाहिर निस्केर यत्तिकै हिंड्न सक्ने अवस्था छैन, चिसोले आत्थु आत्थु पर्छ । तर नेपालगन्जको सडकमा एक वृद्ध वेबारिसे अवस्थामा यो जाडोमा देखेपछी नेपालगन्जका एक पत्रकारको मनले थाम्न सकेन र केही साथीहरुसंग मिली उनको उद्दार गरेका छन ।

नेपालगन्जको धम्बोझीमा चिसोले कठ्याङग्रीएर बेवारीसे अवस्थामा भेटिएका ती वृद्धलाई लालिगुरास बचत तथा ऋण सहकारी सस्था न्युरोडका उपाध्यक्ष विष्णु अर्याल र रेडियो सदभावको पहलमा रेखदेखकालागी वृद्धाआश्रम पुर्‍याईएको हो । चिसोका कारण हिड्न समेत नसक्ने अवस्थामा धम्बोझी चोकमा भेटिएका दाङ्ग घर बताउने जित बहादुर ओझालाई नेपालगन्जको निल सागर वृद्ध आश्रममा रेखदेखका लागी पुर्‍याईएको अर्यालले जानकारी दिए । चिसोमा सडकमै बस्ने र सुत्ने गर्दा वृद्धको स्वास्थस्थिती बिग्रदै गएको अवस्थामा आफुहरुले उनलाई फेला पारेको रेडियो सदभावका खगेन्द्र दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्: