वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

बिमा बारे नयाँ अभिकर्तालाई प्रशिक्षण कार्यक्रम

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, बैशाख ३०, २०७६ ।    

सोम गुरुङ/बढैयाताल (बर्दिया) ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बढैयाताल गाउँपालिकाको वडा नं. १ शान्तिपुरमा नयाँ अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कोहलपुर शाखाको आयोजनामा सम्पन्न एक दिने उक्त कार्यक्रममा महालक्ष्मी लाईफको बारेमा शाखा प्रमुख बामदेव पोख्रेलले विस्तृत रूपमा प्रशिक्षण गरेका थिए । पोख्रेलले प्रशिक्षणको क्रममा नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...