वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

बालबिवाह र लागुऔषध दुरव्यसनी रोक्न युवा समुह सक्रिय हुँदै

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, माघ २५, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियाको सूर्यपटवा गाउँ विकास समिती स्थित त्रिभुवन माद्यमिक विद्यालयमा गठित युवा समुह समुदायमा समस्याको रुपमा देखिएको बालबिवाह र लागुऔषध दुव्र्यसनी रोक्न सक्रिय हुने भएको छ ।
इन्सेकको सहयोग, युवा समुहको आयोजनामा सम्पन्न भएको कार्यक्रममा किशोर किशोरीहरुमा रहेको स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको समस्या पहिचान गर्नुको साथै त्यसलाई न्यूनिकरण गर्न योजना बनाएको युवा समुहले जनाएको छ ।
बालबालिका तथा किशोर किशोरीको लागि गुणस्तर र जीवन उपयोगि शिक्षा पाउने वातावरण तयार गर्न सरोकारवालाहरुसंग संवाद गर्ने र बाल विवाह र लागु औषध प्रयोगबाट किशोर किशोरीमा पर्ने मानसिक तथा शारीरिक र सामाजिक नकारात्मक प्रभावको बारेमा अभिमुखिकरण गर्ने लगायतका योजनाहरुमा निर्माण गरिएको युवा समुहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: