वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

बालकृष्ण लामिछानेको अध्यक्षतामा बह्रैयाताल उद्योग बाणिज्य संघ गठन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ ३, २०७४ ।    

बह्रैयाताल, बर्दिया ।
बह्रैयाताल गाँउपालिकामा उद्योग बाणिज्य संघ गठन गरिएको छ । बुधबार बसेको बह्रैयाताल गाँउपालिका भित्रका व्यापारीहरुको भेलाले बालकृष्ण लामिछानेको अध्यक्षतामा सर्वसम्मत तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा शुक्रराज सपकोटा, महासचिवमा रबिन्द्र रावल, सचिवमा लक्ष्मण रेग्मी, कोषाध्यक्षमा रबिन्द्र पौडेल, सहकोषाध्यमा औमान बस्नेत चयन भएका छन । सदस्यहरुमा शिव प्रसाद सुवेदी, पार्वती काफ्ले, सुमित्रा सुवेदी, सैलेजा सापकोटा, तिलकसिंह ठकुरी, रामबहादुर थारु, नारायण पौडेल, सुवास पोख्रेल र दिपक सुनार रहेका छन । तदर्थ समितिले सम्पुर्ण प्रक्रिया पुरा गरी १ बर्ष भित्र प्रथम अधिवेशन गर्ने समितिले जनाएको छ ।
कार्यक्रम बह्रैयाताल गाँउपालिका प्रमुख लालबहादुर श्रेष्ठको सभापतित्व र उद्योग बाणिज्य संघ गुलरियाका प्रथम उपाध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: