वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बार्दियामा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, साउन ३०, २०७४ ।    

गुलरिया,बर्दिया ।
जिल्ला प्रशासन कार्यालय, बर्दियाले २०७४ साल श्रावण २७ गते देखि परेको अविरल बर्षाको कारण बर्दिया जिल्ला भएर बग्ने बबई नदी र अन्य नदीहरुमा जलस्तर बढी आएको बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । साथै उद्दार र जोखिम न्युनिकरणका निम्ती स्थानीय सुरक्षा निकायका सुरक्षाकर्मीहरु, स्थानीय तहका पदाधिकारीहरु, नेपाल रेडक्रसकर्मीहरु समेतको पहल, प्रयासहरु भईरहेका जनाएको छ । क्षेती र भईरहेका पहल प्रयासहरुको विवरण:
तपशिल
क. क्षति सम्वन्धीः
अ. मृत्यूः
1 मिति २०७४/०४/३० गुलरिया न.पा. वडा नं. २ संगमबस्ती बस्ने अ. बर्ष ५३ को बलबहादुर सिंहको घर नजिकैको नालामा डुबेर मृत्यू भएको।
2 मिति २०७४/०४/२९ गते बिहान ठाकुरबाबा न.पा. वडा नं. २ सतघरुवा बस्ने अन्दाजी बर्ष ७० की साहुनी थारु डुवानमा परेको घरको भित्ता भत्की सो भित्ताले च्यापी मृत्यू भएको ।
3 मिति २०७४/०४/२९ ठाकुरबाबा न.पा. वडा नं. २ सतघरुवा बस्ने अ. बर्ष ७० की साउनी थारुको डुवानमा परेको घरको भित्ताले च्यापिएर मृत्यू भएको ।
आ. वेपत्ताः
1 २०७४/०४/२८ गते बारबर्दिया न.पा. वडा नं. १० गन्धर्व टोल बस्ने अन्दाजी बर्ष २९ को राजेन्द्र थारु बाढीमा दाउरा तान्न गएको अवस्थामा हराई वेपत्ता
इ. घाइतेः
१. बाँसगढी न.पा. वडा नं. १ चेपाङ्ग स्थित तुलबहादुर बि.क.को घर भत्किन गई अ. बर्ष ६० की नरकली वि.क., अ. बर्ष ३६ को सते नेपाली र अ.बर्ष १८ को भुमिसर वि.क. घाइते भएका।
२. गुलरिया न.पा. वडा नं. खैरी नजिकै पानीले बगाई गुलरिया न.पा. तेजिपुरमा अ. बर्ष ३२ को कालुराम चौधरीको उद्धार गरिएको अवस्था चिन्ताजनक रहेको ।
ई. डुवानमा परेका गाउँबस्तीः
• गुलरिया न.पा. वडा नं. १ गुजराना, सुकुम्बासी गाउँ
• गुलरिया न.पा. वडा नं. ४ बगही, शिवालयटोल, नर्सरी टोल, गणेश टोल, सुहेलवा
• गुलरिया न.पा. वडा नं. ५ बालापुर, सन्तोषी टोल
• गुलरिया न.पा. वडा नं. ८ कोठीयागाउँ
• गुलरिया न.पा. वडा नं. १० महजिदिया गाउँ
• गुलरिया न.पा. वडा नं. १२ सुर्यगौडी, टडुवा र तरुवालालपुर
• बारबर्दिया न.पा. वडा नं. ४ गेरुवा गाउँ, रानीपुर गाउँ
• बारबर्दिया न.पा. वडा नं. ७ मगरागाडी गाउँ
• बारबर्दिया न.पा. वडा नं. ८
• ठाकुरबाबा न.पा. वडा नं. १ भुरीगाउँ बजार
• ठाकुरबाबा न.पा. वडा नं. २ रानीपुर गाउँ
• मधुवन न.पा. वडा नं. १ सुर्यपटुवा/दुर्गानगर छोट्की तडुवा/पथ्थरबोझी
• मधुवन न.पा. वडा नं. २
• बाँसगढी न.पा. वडा नं. ९ कुईनेटी गाउँ
• कर्णाली नदीमा आएको बाढीले राजापुर न.पा. वडा नं. ३ मुरैयागाउँ
ख. सेल्टर बनाई बसेको स्थान र संख्या सम्वन्धीः
सि.नं. न.पा./गा.पा. स्थान जनसंख्या
1 गुलरिया नगरपालिका माहाकवि देवकोटा माध्यमिक विद्यालय १५००
2 जिल्ला शिक्षा कार्यालय गुलरिया १५०
3 भादा पुल पारी वाटोमा ८०
4 रत्नापुर हाटवजार २०००
5 सरस्वती प्रावि पण्डितपुर ८००
6 जिल्ला समन्वय समिति २५०
7 बालापुर स्कुल १०००
8 नेरा प्रावि तेजीपुर ३५०
9 आर्दश मावी मोतिपुर ३००
10 बाँसगढी नगरपालिका सामुदयिक भवन कुटेना १००
11 रेश्मपुर १००
12 जन जागृती प्रावि गुरुवा गाउ ४५०
13 वारवर्दिया नगरपालिका शान्ति मावि व्रिद्यालयमा ५००
14 यूवक मावि जोगिगाउमा २०००
15 वेपत्तपुर ५०० मिटर उत्तर तर्फ छाप्रा वनाय वसेका १००
16 गौतम वुद्ध निमावि र सामुदायिक भवन ५००
17 गुरुजन प्राविमा १५००
18 कुशमादेवि रानिपुरमा २०००
19 सामुदायिक भवन रानिपुरमा १५००
20 व्यक्तिगत घरको छत मा वसेका १००
21 वडा कार्यालय र आफन्तको घरमा १५००
22 जयनगर मगरागाडी वडा कार्यलयमा १५००
23 शिवनगर मन्दिरमा ४०
24 दूद्या विद्यालयमा १००
25 भगतपुर विद्यालयमा १५००
26 आरी माविमा ५०
27 आफन्तको घरमा ५०
28 सडक किनारामा ९
29 सामुदायिक भवन ६००
30 खुन्रतीपुरमा ४००
31 जव्दीको उच्च स्थानमा १५००
32 ओरही र कर्णाली नदिको उत्तर तर्फ रहेको सुरक्षीत घरमा ८५०
33 मधुवन नगरपालिका पुर्णपुर विद्यालयमा ४००
34 गोला रोडमा २०
35 गेरुवा गाउँपालिका कटेशपुर विद्य्रालयमा १२
36 भोगपुर वडा न ८ को रोडमा ६००
37 राजापुर नगरपालिका गोडियाना आफन्तीको घरमा २५
38 मालिका आधारभुत विद्यालय भवन ३०
39 ठाकुरवावा नगरपालिका किसान मावि वनकट्टी ८
40 नेरा मावि कर्मला १००
41 रानिपुर सामुदायिक भवन १६०
जम्मा जनसंख्या २४७३४
नोटः शिविरमा बसेकाहरु केही आ-आफ्ना घर तर्फ फर्किएको भन्ने बुझिन आएको ।

प्रतिक्रिया दिनुहोस्: