वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

बारबर्दियाको समबृद्धिको बाघडोर सहकारीमा छ : नगरप्रमुख थारु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०७५ ।    

बारबर्दिया (बर्दिया) ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले नगरपालिकाको समबृद्धि सहकारीमा रहेको बताएका छन् । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बारबर्दिया नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख थारुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै बारबर्दियाको समबृद्धिको लागि सहकारीहरुलाई एकिकृत योजना बनाएर अगाडी बढ्न नगरप्रमुख थारुले आग्रह गरेका छन् । बारबर्दिया नगरपालिकामा रहेका ५५ वटा सहकारी संस्थाहरुको व्यवस्थापनका लागि प्रगति विवरणहरु राख्ने, त्यसका रेकडहरु राख्ने लगायतका कार्य गर्ने ब्यबस्था गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...