वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

बाम गठबन्धनको समर्थनमा ठाकुरबाबामा बन्यो सयुक्त निर्वाचन परिचालन समिती

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बिहिबार, कार्तिक ३०, २०७४ ।    

भुरिगाउ, बर्दिया । 
आसन्न मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन ठाकुरबाबा नगरपालिकामा नेकपा एमाले र माओवादी केन्द्रले सयुक्त निर्वाचन परिचालन समिति गठन गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्र बिच समाजवाद निमार्णको गन्तव्यमा पुग्ने उद्धेश्यका साथ बाम एकता सहितको चुनावी गठबन्धनलाई अत्याधिक बहुमतले जिताउनका लागि पार्टी एकता समायोजन समितीले ठाकुरबाबा नगरपालिकामा सयुक्त निर्वाचन परिचालन समिति गठन गरेको ठाकुरबाबा नगरपालिका नगरस्तरिय पार्टी एकता समायोजन समितीका सदस्य निमराज खनालले जानकारी दिए ।
बाम गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न ठाकुरबाबा नगरपालिका पार्टी एकता समायोजन समितीले विभिन्न १९ वटा निर्वाचन परिचालन उपसमिति गठन गरेको छ । पार्टी एकता समायोजन समितीले निर्वाचन अवधीभर पार्टी नेता र कार्यकर्ताहरुमा लागूहुने गरि आचारसंहिता समेत निमार्ण गरेको छ ।
आचार संहितामा पार्टी एकता र वाम गठबन्धनलाई कमजोर पार्ने र उम्मेदवारका विषयमा कुनै पनि नकारात्मक टिकाटिपप्णी गर्न नहुने र बामएकतालाई भावनात्मक एकतामा खलल् पुग्ने गरि भौगोलिक र सास्कृतिक पक्षलाई कमजोर बनाउने खालका कुनै पनि गतिविधी गर्न नहुने उल्लेख गरिएको छ ।
यसैगरि निर्वाचनलाई लक्षित गर्दै ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजारमा बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: