वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, मंसिर २६, २०७४ ।    

बारबर्दिया, बर्दिया ।
एसओएस बालग्राम सुर्खेत र मध्यपश्मिाअञ्चल क्षेत्रीय अस्पताल सुर्खेत संयुक्त आयोजनामा बाढी प्रभावित समुदायका लागि बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

बारबर्दिया नगरपालिकाको कुमरागाँउ स्थित बिद्यालयमा सञ्चालित शिबिरमा ६ सय ८२ जनाले सेवा प्राप्त गरेका छन् । यसैगरी गुलरिया नगरपालिका वडा नम्बर १० रत्नापुर संचालित शिबिरमा ९ सय ७४ जनाले सेवा प्राप्त गरेका छन् ।

उपचार शिबिरमा स्त्री रोग, बालरोग, हाडजोर्नी, दाँत, आँखा, जनरलफिजिसीयन बिशेषज्ञद्वारा स्वास्थ्य परिक्षण तथा औषिधी बितरण गरिएको थियो । साथै ल्याप तथा भिडीयो एक्सरेको पनि ब्यबस्था गराईएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: