वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

बाढीबाट प्रभावित पशुपंक्षीलाई निशुल्क स्वास्थ्य सेवा शिविर सुर्यपटुवामा सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, भदौ १३, २०७४ ।    

सुर्यपटुवा, बर्दिया ।
बाढीबाट प्रभावित भएका बिरामी तथा घाइते पशुपंछिहरुको राहत स्वरुप एक दिने निशुल्क पशु स्वास्थ्य सेवा शिबिर मधुबन नगरपालिका-१ सुर्यपटुवा र वडा नम्बर २ सोनाहामा सम्पन्न भएको छ ।

नेपाल पशुसेवा प्राबिधिक संघ नेल्टा बर्दियाको आयोजना तथा खाता सामुदायिक वन समन्वय समिति मधुबन नगरपालिका ३ खाताको आर्थिक सहयोग तथा नेपाली काग्रेस मधुबन नगरपालिका १ सुर्यपटुवाको सहकार्यमा शिबिर आयोजना गरिएको हो ।

शिबिरमा पशु बन्ध्याकरण, बिभिन्न रोगबाट ग्रसित पशुपंछिको उपचार तथा औषधि बितरण गरिएको थियो । शिबिरमा ४ हजार ५०० सय पशुपंछिको उपचार गरिएको बर्दिया जिल्ला नेल्टा कोषाध्यक्ष चित्र बहादुर वलिले जानकारी दिनुभयो ।

शिबिरमा नेपाल पशुसेवा प्राबिधिक संघ नेल्टाका केन्द्रिय उपाध्यक्ष हेमराज डिसि, केन्द्रिय सदस्य पुर्ण बहादुर खत्री, खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष बलिराम चौधरी, बर्दिया जिल्ला नेल्टा अध्यक्ष मस्त बहादुर केसि, मधुबन नगरपालिका नेपाली कंग्रेस उपसंयोजक मीन बहादुर थापा र प्रहरी चौकी कोठियाघाटको उपस्थिति रहेको सुर्यपटुवाबाट हरि गुरुङले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्: