वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बाढिपिडीतका पशुपछिंलाई लक्षित गर्दै नि:शुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
ठाकुरबााबा नगरपालिका-१, भुरिगाउँमा बाढिपिडतका पशुपछिंलाई लक्षित गरी एक दिने निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

त्रिभुबन माद्यमिक बिद्यलायले आयोजना गरेको कार्यक्रममा पशुको गोबर परिक्षण , पशु बन्ध्याकरण, गर्भ परिक्षण, भ्यागुते चर्चरेको खोप कार्यक्रम तथा आन्तरिक तथा बाह्य परजिबि बिरुद्ध औषधि बितरण साथै मिनरल भिटामिन पनि निःशुल्क रुपमा बितरण गरिएको थियो ।

शिविरमा पशु चिकित्सकद्वारा एक हजार भन्दा बढी पशुको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ । शिबिरमा बगनाहा स्रोत केन्द्रका स्रोत ब्यक्ति नन्दराम अधिकारी लगायत वडा अध्यक्षहरुको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: