वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

बाटो धुलोमय हुँदा बगनाहा बजारका ब्यापारीहरु मर्कामा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०७५ ।    

बर्दिया ।
बर्दियाको भुरिगाउँ गुलरिया हुलाकी सडक कालोपत्रेका लागी काम अघि बढिरहँदा सडक किनारको नाली निर्माण अपुरो हुँदा र सडक धुलाम्मे हुँदा ठाकुरबाबा नगरपालिकाको बगनाहा क्षेत्रका स्थानियबासीहरु संगै ब्यापारीहरु पिडित भएका छन् ।

निर्माणाधिन सडकमा बुङबुङत्ती उड्ने धूलो छ, साथै बजार क्षेत्रमा नाली निर्मण अपुरो छ । सडक किनारमा राखिएको गिट्टी, र बालुवाका थुप्रा जताततै छरीएका छन् । जसका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै धुलो तथा अस्तब्यस्तका कारण स्थानियबासी तथा ब्यवसायीहरु पिडित बनेका छन् ।

सडक निारमा गिट्टी छोडेको एक महिना पुग्न लाग्दा पनि ठेकेदार कम्पनीले बेवास्ता गरेको बगनाहा बजारमा हार्डवेयर ब्यवसाय गर्ने गणेश श्रेष्ठले गुनासो गर्नुभयो । सडक निर्माणको काम चलिरहँदा स्थानियहरु धुलोको समस्या समेत भोग्न बाध्य भएका छन् । धुलोकै कारण पसलमा ग्राहक आउनै छाडेको व्यापारीहरूको गुनासो छ । धुलोले गर्दा आफुहरुको ब्यापारमा समेत गिरावट आएको व्यापारी जनक विष्टको भनाई छ ।

धूलाम्य सडक बनाएर नागरिकको स्वास्थ्यलाई ख्याल नगरेको भन्दै बुधवार बगनाहा बजार क्षेत्रका बासिन्दाले ट्रिपर रोकेर विरोध समेत गरेका थिए । स्थानियले सडक बन्द गरेपछी पानी हाल्ने सहमतीमा ट्रिपर चल्न दिईएको थियो ।

यो पनी पढ्नुहोस् :

सदरमुकाम जोड्ने हुलाकी सडक धुलाम्मे हुँदा स्थानियलाई सास्ती

कालोपत्रे गरिदैँ हुलाकी सडक

बन्ने भयो बर्दियाको सदरमुकाम जोडने हुलाकी सडक

हुलाकी सडक निर्माण आषाढ मसान्त भित्रै कालोपत्रे गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

प्रतिक्रिया दिनुहोस्:


Loading...