वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

बाघको आक्रमणबाट भुरिगाउँमा वृद्धको मृत्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, भदौ ८, २०७६ ।    

भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिकामा बाघले आक्रमण गर्दा एक वृद्धको ज्यान गएको छ ।  ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँ स्थित आफ्नै घरमा बाघको आक्रमणबाट ७० वर्षीय पाहारी थारुको ज्यान गएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले पुष्टि गरेका छन् ।

मृतक थारूको शरीरबाट रगत चुसेर बाघ जंगलमा पसेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए । बाघ बर्दिया राष्ट्रिय निकुन्जबाट बस्तिमा पसेको हो । बाघको आक्रमणमा परी वृद्धको ज्यान गएपछि स्थानीय त्रसित भएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ ।

यस अघि गेरुवा नगरपालिकामा पनि एक महिलाको बाघको आक्रमणबाट ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...