वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बाघको आक्रमणबाट गुलरियाका २ महिला गम्भिर घाईते

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस १९, २०७४ ।    

गुलरिया,बर्दिया ।
बर्दियामा बाघले आक्रमण गर्दा बुधवार दुई जना महिला गम्भीर घाईते भएका छन् । नेपाल भारत सिमा दशगजा नजिकको जंगलमा घाँस काट्न गएका बेला बाघले अचानक आक्रमण गर्दा गुलरिया नगरपालिका ३ खैरापुर की ४० वर्षिय मुन्नी साबुरी र ३० वर्षकी सरिता गोडिया घाईते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खडकाले जानकारी दिए ।

बाघको आक्रमणबाट घाईते दुबै महिलाको घाँटी र टाउकोमा ठुलो घाउ लागेको छ । घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: