वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

बाँसगढी महोत्सव: साँस्कृतिक प्रस्तुतीदेखी सत्खलुवामा र्‍याफ्टिङसम्मको व्यवस्था

        प्रेम बुढा   |   प्रकाशित मिति: बिहिबार, माघ ११, २०७४ ।    

बाँसगढी,बर्दिया ।
उद्योग,व्यापार,कृषि पर्यटन र कला सस्कृतिको विकास गर्दै ग्रामिण प्रविधि तथा वैज्ञानिक प्रविधिको प्रदर्शन गर्ने उद्धेश्यले आयोजना गरिएको दोस्रो बाँसगढी माघी महोत्सव शुक्रबारबाट शुरु हुने भएको छ ।
महोत्सवमा औद्योगिक, पर्यटन, कृषि र साना तथा लघु उद्यम लगायत व्यापार सम्बन्धित करिब २ सय ५० स्टल रहने छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती हुने महोत्सव मार्फत आन्तरिक पर्यटनको विकास गर्न पाहुनाहरुलाई निकुन्जसँग समन्वय गरी हात्ती सफारी गराईने,नजिकै रहेका सिमसास क्षेत्र तथा सत्खलुवा तालमा र्‍याफ्टिङ, होमस्टेहरुमा बसोबास लागि व्यवस्थापन गरिएको आयोजकको भनाई छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा ११ दिनसम्म लाग्ने महोत्सवलाई १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।


माघ १२ गतेबाट सुरु भई आगामी २२ गते सम्म चल्ने महोत्सवमा आउने दर्शकले ५० रुपैयाको टिकट लिनु पर्ने छ भने जेष्ठ नागरिक,विद्यार्थी तथा अपांगहरुलाई छुट सहित ३५ रुपैयाको टिकट दर रहेको मेला आयोजक समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: