वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

बाँसगढी नगरस्तरिय प्रथम मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, माघ ११, २०७४ ।    

बाँसगढी, बर्दिया।
“गुणस्तरीय जिवनका लागि शिक्षा, स्वस्थ जीवनका लागि खेलकुद” भन्ने नारा सहित बाँसगढी नगरपालिकाको आयोजनामा बाँसगढी नगर स्तरिय प्रथम मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ । एक समारोहका विच प्रतियोगिताको बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले आज उद्घाटन गरेका छन ।


नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लक्ष्मणपुरको सहआयोजना र आतिथ्यतामा सञ्चालन भएको प्रथम मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले समग्र बाँसगढी क्षेत्रको शैक्षिक विकासको लागि खेलकुद आवश्यक रहेको बताए । उद्घाटन समारोहमा मेयर अधिकारीलाई बाँसगढीमा रहेका सामुदायिक र संस्थागत १७ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुले मार्चपास र सलामी सहित स्वागत गरेका थिए भने बाँसगढी बजारबाट पञ्चेबाजा सहितको र्‍याली पनि निकालिएको थियो ।

उद्घाटन समारोहमा जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले बालबालिकाको सिकाई, शैक्षिक बेरोजगार न्युन र खेलाडी उत्पादनको लागि नगर स्तरिय मेयर कपले टेवा पुर्‍याउने विचार राखेका थिए । नगर शिक्षा शाखा अधिकृत निलकण्ठ रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खेलकुद बिकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनाल, पुर्व सभासद श्याम ढकाल, जिल्ला समन्वय समिति बर्दिया सदस्य भक्तिराम अधिकारी, नेपाल शिक्षक महासँघ बर्दियाका अध्यक्ष नवराज ढकाल, बाँसगढी नगरपालिका उपमेयर सुष्मा चौधरी, ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख चक्रबहादुर डम्बर पाल, सशस्त्र प्रहरी कतर्नियाका प्रमुख एकराज बुर्लाकोटी, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढीका अध्यक्ष फणेन्द्र प्रसाद ढुंगाना लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधी, नगरपालिका भित्रका बिभिन्न बिद्यालयका प्रधानध्यापकहरु, बरघर, बिद्यार्थी, खेलाडी, खेलप्रेमी लगायतको उपस्थिती थियो ।

१५ गते सम्म चल्ने मेयर कपमा भलिबल छात्र / छात्रा, कबड्डी छात्र/छात्रा, एकलेटिक्स अन्तरगतका रिले दौड, सट फुट, ज्यावलिङ थ्रो हाईजम्प, लङजम्प, मार्सलआर्टका खेलहरु कराँते र तेक्वान्दो लगायतका खेलहरु हुनेछन । प्रतियोगितामा १३ वटा सामुदायिक र ३ वटा संस्थागत गरी १७ बिद्यालयको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: