वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

बाँसगढीमा वामगठबन्धनको झण्डा फाल्दै गर्दा म्यादी प्रहरीसहित प्रहरी जवान रंगेहात फेला

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४ ।    

बाँसगढी, बर्दिया ।
बर्दियाको बाँसगढीबाट मंगलबार राती वामगठबन्धनको झण्डा फाल्दै गर्दा म्यादि प्रहरीसहित एक जना प्रहरी जवान रंगेहात पक्राउ परेका छन । बाँसगढी नगरपालिकाको वडा नम्बर-८ जुरैनामा मध्यरातमा बाम गठबन्धनको झन्डा फाल्दै गर्दा युवा संघ बर्दियाका कार्यकर्ताले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।


मङलबार राति १० बजे भएको उक्त घटनामा संलग्न अस्थाई प्रहरी चौकी ककौराका प्रहरी जवान हेमन्त केसी, म्यादी प्रहरी लोक बहादुर खड्का, प्रकाश बयरकोटी समेतका ७ जनालाइ पक्राउ गरी अस्थाई प्रहरी चौकीमा बुझाईएको संयुक्त युवा विद्यार्थी जिल्ला निर्वाचन परिचालन कमिटी संयोजक धूर्ब थापाले बताए ।

यस विषयमा आफुलाई केहि पनि जानकारी नभएको बताउदै अस्थाई प्रहरी चौकी ककौराका असई अमर खत्रीले निजहरूलाई ईलाका प्रहरी कार्यालय बाँसगढीमा पठाईएको बताए ।

प्रतिक्रिया दिनुहोस्: