वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बाँसगढीमा युवायुवतीहरुलाई स्वास्थ्य तथा जीवनोपयोगी सिपमुलक तालिम संचालन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक २९, २०७४ ।    

बाँसगढी, बर्दिया।
बाँसगढीमा तीन दिने स्वास्थ्य तथा जीवनोपयोगी सिपमुलक तालिम मंगलबारदेखि संचालन भएको छ । बाँसगढी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको साझेदारीमा रेसलेस डेब्लोप्मेन्ट नेपालको आयोजनामा तालिम सुरु भएको हो ।
जीवन उपयोगी सिप र यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि बिषयमा किशोरी तथा यूवतीहरुलाई जानकारी दिने उदेश्यले सो तालिम आयोजना गरीएको आयोजकले जनाएको छ । बुधबार तालिमको दोस्रो दिन आफूले सिकेको क्रियाकलाबलाई ब्याबहारमा कसरी उतार्ने, आत्मा जागरण, प्रभाबकारी सञ्चार, अनुभुति र सहानुभुती, अन्तर बैयक्तिक सम्बन्ध, संबेग नियन्त्रण, तनाबको सामना, समस्या समाधान र निर्णय लिने क्षमता लगाएत बिबिध बिषयमा छलफल गरिएको थियो ।
तालिममा बाँसगढी नगरपालिका भित्रका २० जना किशोरी तथा युवतीहरुको सहभागिता रहेको छ भने तालिमको सहजीकरण रेसलेस डेब्लोप्मेन्टका कार्यक्रम सहयोगी सुशील थापा, इन्टरनेशनल सर्बिसकी भोलिन्टीएर सुप्रिया श्रेष्ठ र रेसलेस डेब्लोप्मेन्टकी सहजकर्ता दुर्गा सिंहले गरिरहनु भएको छ । तालिम बिहिबार सम्म चल्ने बांसगढीबाट रावन बिश्वकर्माले जनाएका छन।

प्रतिक्रिया दिनुहोस्: