वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बाँसगढीमा जिल्लाकै नमुना कवर्डहलको निर्माण कार्य अन्तिम चरणमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक २९, २०७४ ।    

बाँसगढी, बर्दिया।
बर्दियाको बाँसगढीमा निर्माणाधिन बहुउद्देश्यीय कवर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।
बाँसगढी नगरपालीकाको मुख्य सहयोग र सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, उद्योगी, व्यापारी लगायत सबैको सहयोगले नमूना बहुउदेश्यीय कबड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

गौतम ईन्जिनेरिङले निर्माण गरिरहेको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीको कम्पाण्डभित्रको यो बर्दिया जिल्लाकै नमुना कवर्ड हल २ हप्ता भित्रमा निर्माणको काम सकिने गंगा चौधरीले बताए ।
कबड हलको बाँसगढी उद्योग वाणिज्य संघको अगुवाई र ईलाका प्रहरी कार्यालय मोतिपुरको सक्रियतामा गत जेठ १४ गते देखि निमार्ण कार्यको सुभारम्भ गरिएको बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष तथा कबड हल निर्माण समितिका अध्यक्ष कटक बिसिले बताए।
योग शिविर सञ्चालन, ब्याटमिनटन, टेबल टेनिस, मार्सलआर्ट प्रशिक्षण, राजनितिक दल बाहेकको सभा सम्मेलन लगायत बहुउदेश्यीय कार्यको लागी बर्दिया जिल्ला मै नमुनाको रुपमा बहुउदेश्यीय कबड हल निर्माण गर्न लागिएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पालले बताए ।

प्रतिक्रिया दिनुहोस्: