वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बाँसगढीमा कबड्डी बहुउद्देशीय कभर्डहल शिल्यान्यास

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, माघ २३, २०७४ ।    

बाँसगढी, बर्दिया ।
बाँसगढी- ४ को मगरपुरमा अन्तरास्ट्रिय स्तरको कबड्डी बहुउद्देश्य कभर्डहल शिल्यान्यास गरिएको छ । एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा कार्यक्रमका प्रमुख अतिथी केशव विष्टले सिलान्यास गरेका हुन ।
जिल्ला खेलकुद समितीको आयोजनामा भएको शिल्यान्यास कार्यक्रममा आफ्नो मन्तब्य राख्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा कार्यक्रमका प्रमुख अतिथी केशव विष्टले करिब ५० करोडको लगानीमा निर्माण हुन लागेको खेल मैदान ३ वर्ष भित्रमा निर्माण सम्पन्न हुने जानकारी दिए । कवर्ड हल निर्माण हुन लागेको खुशी ब्यक्त गर्दै कबड्डी खेलाडी कन्हैया थारुले बहुउद्देश्यिय कवर्डहलले यहाँका स्थानिय युवाहरुलाई खेल प्रती अझ आकर्षण गर्ने बताए ।


जिल्ला खेलकुद विकास समिती बर्दियाका अध्यक्ष खगेन्द्र खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा राष्ट्रिय कबड्डी संघका तुल्सा थापा, क्षेत्रिय खेलकुद विकास समितीका भीम वली, अखिल नेपाल कबड्डी संघका उपाध्यक्ष भिम केसी, बाँसगढी नगरपालिकाका नगरप्रमुख सालिकराम अधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष राजमान चौधरी स्थानिय नगरबासी, खेलप्रेमी एवं संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: