वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

बाँसगढी,जमुनी र मैनापोखरका विद्युत सव-स्टेशन सञ्चालनमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, माघ ९, २०७४ ।    

गुलरिया, बर्दिया ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुलरिया बर्दियाले विद्युतीय समस्या समाधानको प्रयास सुरु गरेको जनाएको छ ।
वितरण केन्द्र गुलरियाका प्रमुख अवधेशकुमार गुप्ताले चुहावट नियन्त्रण तथा कम भोल्टेजको समस्या समाधान गर्न पुसमा बाँसगढी, जमुनी र मैनापोखरमा तीन वटा फिडर सञ्चालनमा ल्याइएको बताए ।

उनले गत कात्तिकमा पनि ठाकुरबाबाको भुरिगाउँ फिडर निर्माण गरी सञ्चालनमा ल्याइएको बताउदै यसले विद्युतको कम भोल्टेजको समस्या समाधान भएको दाबी गरे ।


बर्दियामा गत आर्थिक वर्ष २०७३/७४ मा ३५.९२ प्रतिशत विद्युत् चुहावट भएको थियो भने चालू आर्थिक वर्ष २०७४/७५ को मंसीर मसान्तसम्म चुहावट नियन्त्रणको अभियान प्रभावकारी रुपमा सञ्चालन गर्दै त्यसलाई २६.६५ प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: