वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

बाँकेमा चिकित्सकको आन्दोलन फिर्ता

        एजेन्सी   |   प्रकाशित मिति: बिहिबार, साउन ५, २०७४ ।    

नेपालगन्ज, बाके।
बरिष्ठ चिकित्सकमाथि हातपातको प्रयास भएको र अस्पतालमा तोडफोड भएको भन्दै आन्दोलनमा उत्रिएका बाँकेका चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
माँ जानकी अस्पतालमा कार्यरत डा. श्याम सुन्दर यादवमाथी दुव्र्यवहारको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएका मध्ये दुई जना पक्राउ परेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको नेपाल चिकित्सक संघ भेरीका सचिव डा. आरके झाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरका सन्दिपसिंह र महेश खतिवडालाई पक्राउ गरिएको हो । पक्राउ गरिएको लिखित जानकारी प्राप्त गरेपछि संघले मंगलबारदेखि गर्दै आएको आन्दोलनका कार्यक्रम बुधबार बेलुकादेखि फिर्ता लिएको हो ।
संघको निर्णयपछि मंगलबारदेखि सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिकमा आपताकालित बाहेकका सेवा ठप्प भएका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...