वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

बल्ल शुरु भयो भुरिगाउँ-गुलरिया जोड्ने हुलाकी सडकको निमार्ण कार्य !

फेरी कहिले रोकिने हो भन्ने स्थानियको पिर !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, कार्तिक ३०, २०७४ ।    

भुरिगाउँ, बर्दिया।
पटक पटक रोकिदै बन्दै सर्वत्र चर्चामा आएको भुरिगाउँ-गुलरिया जोड्ने हुलाकी सडकको निमार्ण कार्य भुरिगाउलाई जिरो प्वाइन्ट मानेर शनिबारदेखि शुरु भएको छ ।
लामो समयसम्म सडक निमार्ण नहुँदा सडकमा बिच्छाइएको ग्राभेल र माटोका कारण यस सडक खण्डमा पानी पर्दा हिलैहिलो र पानी नपर्दा धुलो उडेर सास्ती भोगिरहेका ठाकुरबाबा, मधुवन नगरवासीहरु सडक निमार्णको कार्य सुरु हुन थालेपछी राहतको महसुस गर्न थालेका छन ।

बल्लबल्ल शुरु हुन्छ अनी फेरी के के हुन्छ बन्द हुन्छ, हामीलाई कहिले हिलैहिलो कहिले धुलैधुलो । फेरी कहिले रोकिने हो भन्ने पीर स्थानियले पोखे । गाडी ओहोर दोहोर गर्दा उड्ने धुलो र हिलोका कारण पैदल यात्रुलाई निक्कै समस्या हुने गरेको थियो । पैदल यात्रुलाई गाडी चल्दा ढुंगा उछिट्टिएर चोट लाग्ने समस्या समेत हुन्थ्यो, अब सडक निर्माणको काम सुरु हुन लागेपछि त्यस्ता बिबिध समस्या हटेर जाने अपेक्षा स्थानियले गरेका छन ।
पहिलो चरणमा भुरिगाउँ गुलरिया जोड्ने १८ किलोमिटर सडक निमार्ण हुने शर्मा राजेन्द्र जेभि ठेकेदार राजेन्द्र पौडेलले बताए । भुरीगाउँ गुलरीया र राजापुर बेलुवा चोकसम्मको सडक साढे २ वर्ष भित्र कालोपत्रे गरि सक्ने लक्ष्य राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: