वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

बर्दिया-२मा सन्तकुमार थारु १० हजार मतअन्तरले अघि हुँदा क्षेत्र नं १ मा को कति??

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४ ।    

गुलरिया,बर्दिया ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा ७३८१० मत गनिसक्दा बाम गठबन्धनका उम्मेदवार सन्तकुमार थारु १० हजार मतअन्तरले अगाडी छन । थारुको ४० हजार ४ सय ६५ मत आउँदा प्रतिश्पर्धी गोपाल दहितले ३० हजार २ सय ६७ मत प्राप्त गरेका छन ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता १ लाख ३३ हजार ११५ रहेको छ।

 

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ ‘क’ मा बाम गठबन्धनकै कुल प्रसाद पोखरेल झन्डै ६५ सय बढी मत अन्तरले अग्रता लिईरहेका छन । यहाँ कुल प्रसाद पोख्रेलले १७ हजार ७०८ मत प्राप्त गरेका छन भने उनका प्रतिश्पर्धी काङ्रेसका रामचन्द्र थापाले ११ हजार ४८८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा यो समाचार तयार पार्दासम्म लोकतान्त्रिक गठबन्धनका सञ्जय गौतमले झन्डै २५ सय मतले अग्रता कायम गरेका छन ।


मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी देबराज भारतीका अनुसार सञ्जयकुमार गौतमले ३४ हजार ४०४ मतसहित अग्रता लिएका छन भने उनका प्रतिश्पर्धी बामदेव गौतमले ३१ हजार ९४८ मतसहित पछ्याइ रहेका छन ।
त्यस्तै प्रदेश सभा १ ‘ख’ मा मंगल प्रसाद थारुको ८ हजर ४० मत आउँदा उनका प्रतिश्पर्धी तिलक शर्माको ७ हजार ५९७ मत ल्याएका छन ।

 

समय: बिहान ६:३० | २४ मंसिर २०७४

प्रतिक्रिया दिनुहोस्: