वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

बर्दिया राष्ट्रिय निकुञ्जमा मृत बाघ फेला

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, अशोज १९, २०७५ ।    

ठाकुरबाबा, बर्दिया।
पुर्व-पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने चिसापानी पोष्ट नजिक बुधवार दिउँसो पाटेबाघ मृत अवस्थामा फेला परेको छ । निकुञ्ज भित्र राजमार्ग किनारमा गन्द आएपछी खोजी गर्दै जाँदा राजमार्ग देखि ७ झण्डै सय मिटर भित्र अन्दाजी १७ वर्षको भाले पाटे बाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिबिनोद दाहालले बताए ।
पोष्टमार्टम गरी हेर्दा बाघ पुर्ण रुपमा सडिसकेकाले बुढो भएर कालगतिले एकहप्ता अघि मरेको हुनसक्ने बताईएको छ । केही हप्ता अघीमात्र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: