वि.सं.   बुधबार, फाल्गुन ८, २०७५   तदनुसार  20 February 2019

बर्दिया रानीपुरमा ३ वर्ष भित्रमा खोखो बहुउद्देश्यीय कभर्डहल बन्ने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, माघ २५, २०७४ ।    
Loading...

भुरिगाउँ, बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को रानीपुरमा खोखो बहुउद्देश्यीय कभर्डहल शिल्यान्यास गरिएको छ । जिल्ला खेलकुद विकास समिती गुलरिया बर्दियाको आयोजनामा भएको उक्त शिल्यान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा कार्यक्रमका प्रमुख अतिथी केशव विष्टले कभर्डहल सिलान्यास गरेका हुन ।
शिल्यान्यास कार्यक्रममा आफ्नो मन्तब्य राख्दै विष्टले करिब ५ करोडको लगानीमा निर्माण हुन लागेको खेल मैदान ३ वर्ष भित्रमा निर्माण सम्पन्न हुने बताए । त्यस्तै बर्दिया जिल्लामा निर्माण गर्न लागिएको खेल मैदानमा खेलका लागी अवश्यक भवन, गोष्ठी सेमिनार गर्नलाई भवन, औषधी उपचारका लागी छुट्टै कोठाका व्यवस्था लगायत चाहिने अन्य कार्यका लागी कोठाहरु समेत निर्माण गरिने जानकारी दिए ।
जिल्ला खेलकुद विकास समिती बर्दियाका अध्यक्ष खगेन्द्र खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा अखिल नेपाल कबड्डी सघंका केन्द्रिय उपाध्यक्ष भिम केसी, खोखो खेलका केन्द्रिय सदस्य चन्द्रकला बिष्ट लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...