वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल बनाउन कार -यालीको आयोजना

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, जेष्ठ ५, २०७६ ।    

भावुक योगी/भुरिगाउँ (बर्दिया) ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु पर्यटन प्रवर्द्धनका लागि कार -यालीमा निस्कीएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० र बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल बनाउन बर्दियाका पर्यटन ब्यवसायिहरु र संरक्षणमा आवद्ध ब्यक्तीहरु कार -यालीमा सहभागी भएका हुन् ।

आईतबार विहान बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसरमा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको अध्यक्षता तथा प्रतिनीधि सभा सदस्य सन्तकुमार थारु, संजय गौतम, विमला वि.क., बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष नेत्रराज आचार्य, पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरी लगायतको सहभागितामा बर्दियाको समग्र पर्यटन विकासका लागी आयोजना गरिएको सप्ताहब्यापी कार -यालीको उद्घाटन गरि -याली पोखराका लागि हिँडेको छ ।

आईतबार विहान बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयबाट निस्किएको -यालीले बाँके हुँदै दाङ, कपिलवस्तु, बुटवल, पाल्पा र पोखरा सम्म पुगेर पर्यटन प्रवर्द्धनका विषयमा सो क्षेत्रका संरक्षणकर्मीहरु संग अन्तरक्रिया गर्नेछ । साथै फर्किने क्रममा चितवन समेत पुग्ने जनाईएको छ । देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारा सहित २०७६ लाई बर्दिया भ्रमण वर्ष घोषणा गरिएको छ । बर्दियाको समग्र पर्यटन विकासमा टेवा पु-याउने र बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल पार्ने उद्देश्य सहित सप्ताहव्यापी कार -यालीको आयोजना गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताए ।

कार -यालीमा पर्यटन व्वसायी र संरक्षणमा आवद्ध करीब ८० जना सहभागी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जलाई नेपालमा मात्रै नभएर विश्वभर चिनाउन संरक्षणमा आवद्ध संरक्षणकर्मीहरुले महत्वपुर्ण योगदान पु-याएका छन् । देशको शान,अन्तराष्ट्रिय पहिचान बोकेको बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तुहरु र थारु समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्न संरक्षण र पर्यटन सबैले बुझ्न जरुरी रहेको बताइएको छ । समग्र बर्दिया जिल्लाको भ्रमण गरि बर्दिया भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न समेत सम्पुर्ण पर्यटकहरुमा आग्रह गरिएको छ । कार -याली १२ गते बर्दियाको सदरमुकाम गुलरिया पुगेर समापन गरिने बर्दिया टाइगर रिसोर्टका प्रबन्धक रेशम थापाले बताए ।

बिशेष गरि पछिल्लो समय बर्दियाका धेरै ब्यक्तिहरु संरक्षण र पर्यटन व्यवसायमा आबद्ध रहेका छन् । वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्नुपर्छ भन्ने तर्फ सबैको ध्यान केन्द्रीत हुन थालेको छ । पर्यटन सबैको चासोका विषय पनि हो । पर्यटन प्रवर्द्धनको विषयमा सबैलाई सचेत गराउन सकिएमा र पर्यटन व्यवसायको बजारीकरण गर्न सकिएमा आर्थिक रुपमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लाकै मुख्य पर्यटकिय गन्तब्य हो । निकुञ्ज भ्रमण गर्दा जंगल पदयात्रा, जीप सफारी, हात्ती सफारी, जलयात्रा, क्याम्पिंग, फिसिंग, थारु सांस्कृतिक नाच, थारु समुदायको मौलिक परिकारहरु आदीको अबलोकन गर्न सकिन्छ ।

बर्दियामा पछिल्लो समय बाघको संख्या बढेसंगै बाघ हेर्न बर्दिया आउने पर्यटकहरुको संख्या समेत बढ्दो छ । आन्तरीक तथा बाह्य पर्यटकहरु बाघ हेर्न चितवन पछि बर्दिया आउने गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ रहेका छन् । ३७ वटा एक सिँगे गैँडा छन् भने १ सय बढि हात्ती रहेका छन् । यस्तै निकुञ्जमा ५ सय १३ प्रजातीका चराचुरुङ्गीहरु लगायत अन्य थुप्रै वन्यजनतुहरु रहेको निकुञ्ज श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...