वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

बर्दिया भुरीगाउँको प्रथम बबई नगर महोत्सव सकियो: ‘झण्डै ३ करोडको कारोबार’

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: सोमवार, माघ २४, २०७३ ।    

भुरीगाउँ, बर्दिया |
बर्दियाको बबई नगरपालिका भुरीगाउँमा संचालन भएको प्रथम बबई नगर उद्योग, ब्यापार, कृषि, पर्यटन र सुचना प्रविधी महोत्सव सोमबारबाट सकिएको छ ।
माघ १४ गतेदेखि सिँहवाहीनी भुरीगाउँको खेल मैदानमा संचालित प्रथम बबई नगर महोत्सवमा झण्डै ३५ हजार दशर्कले अवलोकन गरेका छन र झण्डै ३ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्दै सकिएको हो ।
महोत्सव आयोजक बबई नगर उद्योग वाणिज्य संघले महोत्सव अवधिभर झण्डै ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार र ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरेपनि पहिलो पटक महोत्सव आयोजना गरेकाले सोचे बमोजिमको कारोबार नभए पनी सन्तोषजनक रहेको बबई नगर उद्योग वाणिज्य संघका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न विधाका करिब १०० वटा स्टलहरु राखिएका थिए ।


महोत्सवको अरु दिमा १० हजार जनाले अवलोकन गरे भने नऔँ र दशौँ दिन राष्टिय कलाकार नायिका रेखा थापा, महानायक राजेश हमाल र गायक बद्रि पंगेनी आउँदा झण्डै २५ हजार दर्शकले महोत्सव अवलोकन गर्दा झण्डै ३५ हजार जनाले अवलोकन गरेका र झण्डै ३ करोड बराबरको करोबार भएको महोत्सव प्रचारप्रसार समितिका एवं संघका महासचिव महेन्द्र पंगेनीले जानकारी दिनुभयो ।
सोमबार महोत्सवको अन्तिम दिन गायक सौगात ओझा, टंक तिमील्सेना, सबैभन्दा होची महिला मञ्जु घिमीरे र सीसाका टुक्रामा नृत्य गर्ने वर्षा श्रेष्ठ लगायत स्थानिय सिँहबाहीनी नृत्य कला मन्दिरका कलाकारले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । महोत्सव सुरुवात भए देखी नेपाल प्रहरी, स्थानिय स्वयमसेवक लगायतले महोत्सब सुरक्षा ब्यवस्थामा सहयोग पुर्याएका थिए ।

 

महोत्सव सफल पार्न योगदान पुर्याएको भन्दै बर्दिया अनलाईन र रेडियो टाईगरलाई सम्मान

 

महोत्सवको मिडिया पार्टनरका रुपमा रहेको बर्दिया अनलाईनरेडियो टाइगर एफ एम ८८.२ मेगाहर्जले महोत्सव सफल पार्न महत्वपुर्ण योगदान पुर्याएको भन्दै सम्मान पत्र प्रदान गरीएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दिया लगायत स्थानिय कलाकारहरुको क्लव सिँहवाहीनी नृत्य कला मन्दिर र सुरसंगम कला केन्द्रलाई पनि सम्मान गरीएको थियो ।


चुरे क्याम्पस बगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्यालको प्रमुख आतिथ्यता, बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा र राष्टिय प्रकृती संरक्षण कोषका प्रमुख अम्बीका प्रसाद खतीवडाको विशिष्ट आतिथ्यता र बबई नगर उद्योग वाणिज्य संघका अध्यक्ष युवराज अधिकारीको सभापतित्वमा महोत्सव औपचारिक रुपमा समापन भएको हो ।
यसैबिच कम्पीउटर एसोसीयसन महासंघ नेपाल शाखा क्यान बर्दियाले पनि रेडियो टाईगर एफ एम र बर्दिया अनलाइनलाई सम्मान गरेको छ ।
क्यान बर्दियाले दिएको र जिजि ब्रदर्शले प्रायोजन गरेको रेडियो टाईगर एफ एमको टाईगर क्वीजका बिजेतालाई मोवाईल उपहार प्रदान गरेको छ । बिजेता मार्फत एक जनालाई गोला प्रथाद्धारा पुरस्कार स्वरुप मोबाईल प्रदान गरीएको क्यान बर्दिया उपाध्यक्ष गोपाल निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: