वि.सं.   बिहिबार, मंसिर २७, २०७५   तदनुसार  13 December 2018

बर्दिया बढैयातालमा पिकनिकको रौनक; थारु पत्रकार संघ बाँकेले पनि मनायो वनभोज

        भगतराम थारु   |   प्रकाशित मिति: आइतवार, पुस १६, २०७४ ।    

बढैयाताल, बर्दिया।
बर्दिया जिल्लाको ठूलो तालको रुपमा परिचित बढैया तालको आफ्नै पहिचान र रौनकता रहेको छ । हरेक वर्ष यहाँ पिकनिक खाने, घुम्नेको भिड लाग्ने गर्दछ । पौष १५ गते अर्थात पौष १५ लाई पर्वको रुपमा मनाउने पर्वलाई बढैया तालमा हजारौको संख्यामा पिकनिक खान मानिसको भिड लाग्ने गर्दछ ।

पौष १५ गते कै दिन थारु पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति बाँकेले पनि पिकनीक कार्यक्रमको आयोजना गरि बढैया ताल पुगियो । पिकनिक स्थलमा मान्छेको भिडले खेतमै पिकनिक स्थल छानियो । चारैतिर बाजाको स्वरले रौनक उत्तिकै थियो । नेपालगन्ज देखि करिव २० किलोमिटर टाढा रहेको बढैया तालमा पौष १५ गते पिकनिक खानेको भरिभराउ हुने गर्दहुने गर्दछ । पिकनिक खान आउने विभिन्न समुदायका मानिसहरु बढैया ताल पुग्ने गर्दछन् । हरेक टिमले आ आफ्नै तरिकाले बाजागाजा तथा भेषभुषामा सजिएर आएका हुन्छनु । पौष १५ गते पिकनिक खाना आउनेको त्यस दिनको रौनक नै बेग्लै हुने गर्दछ ।

थारु समुदाय तथा बर्दियाको बढैया गाउँपालिका स्थित रहेको बढैया ताल बर्दियाकै ठूलो ताल हो । बर्दियालाई चिनाउन बढैया तालको महत्व पनि फरक रहेको छ । बढैया तालको विशेषता नै बढैया तालको अवलोकन र त्यहाँको माछा रहेका छन् । माछाका स्वाद लिन बर्दिया, दाङ, सुर्खेत, कर्णाली क्षेत्र लगायतका विभिन्न जिल्लामा बढैया ताल पुग्ने गर्दछन् ।

बढैया तालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य भएको बढैया ताल पर्यटकको लागि महत्वपूर्ण स्थलकोरुपमा परिचित छ । बढैया तालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य भएको बढैया ताल पर्यटकको लागि महत्वपूर्ण स्थलकोरुपमा परिचित रहेको स्थानिय जागेश्वर चौधरीले बताउनुहुन्छ ।

थारु पत्रकार संघले आयोजना गरेको पिकनिक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुर सिह थारु, थारु गायक विश्व सागर परियार, मोडेल रितु नानु चौधरी, कलाकार प्रदिप चौधरी, राजकुमार चौधरी लगायत आरकेसी ग्रुपका कलाकार टिमको समेत सहभागिता रहेको थियो । थारु गायक भनेर चिनिने गायक विश्वसागर परियारले आधा दर्जन बढि गित गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्: