वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बर्दिया निकुञ्जमा वन्यजन्तु मार्न थापिएको ४६ पासो फेला !

        भावुक योगी   |   प्रकाशित मिति: आइतवार, बैशाख ३१, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई मार्नका लागि चोरीसिकारीले निकुञ्ज भित्र राखेको ४६ वटा पासो निकुञ्ज प्रशासनले बरामद गरेको छ ।

निकुञ्जको अम्रेनी जंगलमा लुकाई राखेको अवस्थामा पासो बरामद गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो ।

वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्न लगाईएको विद्युतिय तार काटेर चोरीसिकारीले पासो बनाएको निकुञ्जले जनाएको छ । शंका लागेर खोजी गर्ने क्रममा पासो फेला परेको हो ।

पासो राख्ने व्यक्तिको खोजी भईरहेको निकुञ्जले जनाएको छ । विद्युतिय तारवार काटेर पासो वनाउने काम अत्यन्त निन्दनिय रहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्: