वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बर्दिया निकुञ्जमा बन्यजन्तु सप्ताह सम्पन्न

        भावुक योगी   |   प्रकाशित मिति: बिहिबार, बैशाख ७, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
युवाको अग्रसरता, संरक्षण र समृद्धिको सुनिश्चितता भन्ने नाराका साथ बर्दिया राष्ट्रिय निकुञ्जमा बैशाख १ गते देखि विबिध कार्यक्रमका साथ सुरु भएको साताब्यापी वन्यजन्तु सप्ताह बिहीवार सम्पन्न भएको छ ।
बन्यजन्तु सप्ताहको अवसर पारी बन्यजन्तु सप्ताहाको अन्तीम दिन बिहीबार कोठियाघाटमा संरक्षणमा लागेका युवाहरु भेला गरी बिबिध कार्यक्रम गरी २२ औँ बन्यजन्तु सप्ताहा समापन भएको हो ।
बन्यजन्तु सप्ताहकै अवसरमा चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान संजालका अध्यक्ष हेमन्त आचार्य, बर्दिया राष्टिय निकुञ्जका निमीत्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापा, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष नेत्रराज आचार्य, निकुञ्ज सुरक्षार्थ रणशार्दुल गणका गणपती राजेन्द्र पन्त लगायतको उपस्थीती रहेको थियो ।
२२ औँ बन्यजन्तु सप्ताहको अवसर पारी बन्यजन्तु संरक्षण सम्बन्धि एक साताभरी विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईएको निकुञ्जले जनाएको छ ।
साताब्यापी कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, पर्यापर्यटन विकास मञ्च, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, इको क्लव, सेन्स नेपाल, महिला बातावरण उपसमिति, प्रकृति पथ प्रदर्शक संघ तथा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: