वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

बर्दिया निकुञ्जमा पर्यटक बढे; नौ महिनामा साढे ९ हजार बढी पर्यटक

        भावुक योगी   |   प्रकाशित मिति: बुधबार, बैशाख ६, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
विदेशी पर्यटकहरु आफ्नो अनुकुलता र तालिका अनुसार नेपाल भ्रमणमा आउने भएकाले विशेष गरी बाघ हेर्नको लागि समय दिएरै आउने गरेका छन् । निकुञ्जमा गतबर्षको तुलनामा पर्यटकको संख्या वढेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा यसबर्ष हाल सम्म ९ हजार ६ सय ६७ भन्दा वढी नेपाली, सार्क लगायत विदेशी पर्यटकहरुले अवलोकन भ्रमण गरेको निकुञ्जका निमीत्त संरक्षण प्रमुख रमेश थापाले जानकारी दिनुभयो । निकुञ्जले सोही अवधीमा साढे १ करोड भन्दा वढी राजस्व समेत संकलन गरेको छ ।
बर्दिया निकुञ्ज विश्वमै र्दुलभ वन्यजन्तु पाटेबाघको लागि उपयुक्त वासस्थान मानिन्छ । ९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज पूर्वमा वाँके, पश्चिममा कैलाली र उत्तरमा सुर्खेत जिल्लाको सिमाना जोडीएको छ ।

प्रतिक्रिया दिनुहोस्: