वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

बर्दिया क्षेत्र नं. १ बाट बामदेव गौतम प्रतिनिधि सभा सदस्यका लागी सिफरिस

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, अशोज १७, २०७४ ।    

गुलरिया, बर्दिया ।
नेता बामदेव गौतमलाई क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि ने क पा एमाले जिल्ला कमिटी बर्दियाले सर्वसम्मतबाट सिफारिस गरेको छ ।
मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मतबाट गौतमको नाम सिफारिस गरेको जनाएको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि एमालेका कुनै पनि आकांक्षी नभएकोले गौतमको नाम सर्वसम्मतबाट सिफारिसे गरिएको पार्टी अध्यक्ष हरी प्रसाद ज्ञवालीले बताए ।
दोस्रो संविधान सभा निर्वाचनमा बर्दिया र प्युठान दुवै क्षेत्रबाट निर्वाचित भएका गौतमले एक क्षेत्र छाड्नु पर्ने भए पछी बर्दिया छाडेका थिए ।
यसैगरी क्षेत्र नम्बर २ बाट पंकज सिंह राठौर, एलएम आत्रेय र समानुपातिक तर्फबाट सभासद् भएकी लिला रानाको नाम जिल्ला कमिटीमा आएको र छलफल जारी रहेको अध्यक्ष ज्ञवालीले जनाए । जिल्लामा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्: