वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

बर्दिया कुसुम्बाबजारका अग्नीपिडित दिल बहादुर परियारलाई राहत रकम हस्तान्तरण

        प्रेम बुढा   |   प्रकाशित मिति: शुक्रबार, चैत्र ४, २०७३ ।    

मधुवन, बर्दिया ।
बर्दियाको मधुवन नगरपालिकाको कुसुम्बाबजारका अग्नी पिडित दिल बहादुर परियारलाई आज एक समारोका बिच राहत रकम हस्तान्तरण गरिएको छ ।
पिडित परियारलाई उद्योग वाणिज्य संघ कुसुम्बा बजार, कुसुम्बा बजार विकास समिति,नगर स्तरिय दलित समन्वय समिति तथा शन्त निरन्कारी मिसन लगाएतका संस्थाको पहलमा संकलन गरिएको ५० हजार ५ सय १४ रुपैया हस्तान्तरण गरिएको हो ।
उद्योग वाणिज्य संघ कुसुम्बा बजारको भवनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ का अध्यक्ष देवेन्द्र तिमिल्सेना, कुसुम्बा बजार विकास समितिको उपाध्यक्ष बैद्यनाथ कामत,नगर स्तरीय दलित समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर नेपाली लगाएतका पदाधिकारीले उक्त रकम सयूक्त रुपमा गर्नु भयो ।
कुसुम्बा बजारमा रहेको पिडित परियारको हाम्रो बस्त्रालयमा गएको फागुन १७ गते आगलागि भएको थियो । कपडा प्रेस गर्ने स्त्रीबाट सल्किएको आगोले उ“हाको पसलमा रहेको काचो कपडा, सिलाईएका कपडा, मेसिन,फर्निचर लगाएतका समान जलेका थिए ।
आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्: