वि.सं.   सोमवार, असार २, २०७६   तदनुसार  17 June 2019

बर्दियाली युवाहरुद्वारा हुरी पिडितको लागि राहत सहयोग रकम हस्तान्तरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, चैत्र २४, २०७५ ।    

भुरिगाउँ (बर्दिया) ।
गीत नै छ नी पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ, अनी आँधी आए तराईमा पहाडले छेक्नु पर्छ साँच्चै देशलाई दुख्दा जनतालाई दुख्नु पर्छ अनी पूर्वलाई दुख्दा पश्चिम रुनु पर्छ । केहि दिन अघि बारा र पर्सामा २८ जनाको ज्यान जाने गरी र सयौँलाई घाईते अनी हजारौलाई घरबार बिहिन बनाउने गरि आएको टोनार्ड नामक हुरीले अस्तब्यस्त जिवन निताई रहेका बारा र पर्साबासीहरुलाई देश तथा विदेशबाट सहयोग संकलनको कार्य जारी रहँदा बर्दियाली युवाहरुले पनी सहयोग रकम संकलन गरी बुझाएका छन् ।

काठमाण्डौमा बस्दै आएका बर्दियाका युवाहरुले बारा र पर्साका हावाहुरी पीडितहरुलाई एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गरेका छन् । रेशम थापा, महेन्द्र विष्ट, हरिश गौतम, समृद्धा केसी, प्रिया देवकोटा लगायतको पहलमा स्वदेश तथा विदेशबाट संकलन गरिएको उक्त राहत रकम सांसद तुलसी थापा मार्फत् युवा संघका सचिव बचन बहादुर सिंहलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको सामाजिक अभियन्ता रेशम थापाले बताए ।

कार्यक्रममा सांसद तुलसी थापाले राहत रकम पीडित समक्ष पुगोस भनी सानो सहयोग गरेको बताइन् । ‘नेपाल भित्र जहाँ पनि विपद् आइलाग्दा सहयोग गर्नु हाम्रो दायित्व हो’, उनले भनिन्, ‘त्यही दायित्व पूरा गर्न पैसा दिने निर्णय गरेका हौं ।’ विपदका बेला सबै नेपाली एक जुट भएर सहयोग गर्नुको विकल्प नभएको थापाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्:


Loading...