वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

बर्दियालाई तराईकै पहिलो पुर्ण सरसफाई उन्मुख जिल्ला बनाउने प्रतिबद्धता

        मुरली गोडिया   |   प्रकाशित मिति: शनिबार, माघ १३, २०७४ ।    

गुलरिया,बर्दिया ।
बर्दिया जिल्लालाई तराईकै पहिलो पुर्ण सरसफाई उन्मुख जिल्ला बनाउने प्रतिबद्धता गरिएको छ । सदरमुकाम गुलरियामा भएको बहुसरोकारवालाहरुको फोहोरमैला व्यवस्थापन तथा पुर्णसरसफाइ सम्बन्धी अभिमुखिकरण तथा सचेतीकरण कार्यक्रमका सहभागीहरुले यस्तो प्रतिवद्दता व्यक्त गरेका हुन । सन् २०१६ मा बर्दिया तराइ कै पहिलो खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको थियो । खुल्ला दिशा मुक्त जिल्ला घोषणा पश्चात केहि समय सरसफाइ अभियान सुस्ताए पनि पछिल्लो समयमा जिल्लामा पुर्णसरसफाइलाई रणनीतिक योजना बनाई सन् २०२० भित्र पुर्णसरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने तयारीमा रहेको छ । यसै बिच बर्दियाको गुलरियामा क्लीन सिटि ग्रिन सिटि अभियान सुरु हुने भएको छ ।
गुलरियामा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाले आयोजना गरेको बहुसरोकारवालाहरुको फोहोरमैला व्यवस्थापन तथा पुर्णसरसफाइ सम्बन्धी अभिमुखिकरण तथा सचेतीकरण कार्यक्रममा जिल्ला स्थीत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा सन २०२० सम्म पुर्ण सरसफाई जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । जिल्लाको सदरमुकाम समेत रहेको पुरानो नगरपालिकाबाट साप्ताहिक सृङ्खलाबद्व रुपमा सरसफाइ अभियान सुरु हुने भएको हो । कार्यक्रममा सहभागीहरुले साप्ताहिक रुपमा नगर सफाइ अभियान सञ्चालन गर्ने बताएका हुन् ।
गुलरियाबाट सुरु हुने भएपनि बर्दिया जिल्लाका सम्पुर्ण नगरपालिका र गाउँपालिकामा यो अभियान सञ्चालन गरीने कार्यक्रममा बताईएको छ । गुलरियामा शनिबार विहान ८ः३० बजे देखि सुरु हुने सरसफाइ अभियानमा जिल्लाका खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने, सरकारी कार्यालय,संघ संस्था, सुरक्षा निकाय, जनप्रतिनीधि लगाएत स्थानीय उद्योगी व्यापारीहरुको समेत सहभागीता रहने बताइएको छ । यस अघि छिटपुट रुपमा बजार सरसफाइ गरीतापनि अभियान कै रुपमा भने हाल सम्म सञ्चालन गरिएको थिएन । हाल बर्दियामा सरकारी तथा गैरसरकारी संस्थाहरुले पुणसरसफाइ अभियानहरु सञ्चालन गरीरहेका छन् । युएन ह्याविट्याट, आईडिएस नेपाल र मायुस बर्दियाको सहयोगमा भएको कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीको प्रमुख अतिथ्यता तथा गुलरिया नगरपालिकाकी उपमेयर शुशिला गिरीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा गैरसरकारी संस्थामहासंधका प्रमुख, जिल्ला प्रहरी कार्यलयका प्रतिनिधी, शसस्त्र प्रहरीका प्रतिनिधी, नेपाली सेनाका प्रतिनिधी, नगरिक समाज संजालका प्रमुख, महिला तथा बालबलिका कार्यलयका प्रमुख,उद्योग वाणिज्य संघका प्रतिनिधी, खानेपानी तथा सरसफाई संग आवद्द संध संस्थाका प्रमुख तथा प्रतिनिधी, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: