वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

बर्दियालाई अपाङ्गता मैत्री जिल्ला बनाउछौ : बामदेब गौतम

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक २८, २०७४ ।    

गुलरिया, बर्दिया
बर्दियालाई अपाङ्ग मैत्री जिल्ला बनाउने बाम गठबन्धन बर्दिया क्षेत्र नम्बर १ का उम्मेद्वार बामदेब गौतमले प्रतिबद्धता ब्यक्त गरेका छन । बर्दिया जिल्लामा अपाङ्गता भएका ब्यक्तिहरुको
क्षेत्रमा क्रियाशिल सस्थाहरुका अगुवाहरुले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले सो कुराको प्रतिबद्धता गरेका हुन।
उनले बाम गठबन्धनको सरकार गठन पश्चात अपाङ्गता भएका ब्यक्तिहरुको आर्थिक सामाजिक , नागरिक तथा राजनिनैतीक अधिकार सुनिश्चित गर्न पार्टीको नीति तथा कार्यक्रममा समाबेश गरेर लागु गर्ने बताएको दलबहादुर सुनारले जनाएका छन।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गौतमले बर्दिया जिल्लामा अपाङ्गता भएका ब्यत्क्तिहरुको सेवा सुबिधाका लागी तत्काल सम्बोधन गर्नु पर्ने सवालहरु बुधागत रुपमा लेखेर दिन मागेको कार्यक्रमका सहभागी बर्दिया नेत्रहिन सङ्घका अध्यक्ष चिन्तामणी कडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्: