वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बर्दियामा ३ बर्षभित्र २ सय ४८ वटा हिंसाका घटना दर्ता

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४ ।    

बाँसगढी, बर्दिया।
बर्दिया जिल्लामा ३ बर्षको अवधीमा २ सय ४८ वटा हिंसाका घटना दर्ता भएका छन । आर्थिक बर्ष २०७२/७३ देखि २०७४/७५ सम्मको ३ बर्षमा २ सय ४८ वटा हिंसाका घटना दर्ता भएकोमा सबै भन्दा बढी आत्मा हत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

३ बर्षका अवधीमा जिल्लामा ८२ वटा झुण्डीएर र २६ बिष सेवन गरी १ सय ८ जनाको घटना दर्ता भएका छन । त्यस्तै जवरजस्ती ६५, जवरजस्ती करणी उद्योग २७, बहुबिबाह १९, बोक्सीको आरोप ३, कर्तव्य ज्यान ९, गर्भपतन २, छुवाछुत १ र मानव बेचबिखन १० वटा मुद्धा दर्ता भएको थारु महिला उत्थान केन्द्रको आयोजना र जनजागरण महिला संघको समन्वयमा लैगिक हिसा न्युनिकरण विषयक अन्र्तक्रियामा सामाजिक कानुनी सहायकता केन्द्र बर्दियाकी सहजकर्ता लक्ष्मी नेपालले जानकारी दिएको रावन बिश्वकर्माले जनाएका छन। जसमा क्रमश जवरजस्ती करणी २०७२/७३ मा २० वटा, २०७३/७४ मा ३६ वटा, ०७४/७५मा ९ वटा जवरजस्ती करणी उद्योग, ०७२/७३ मा १७ वटा,०७३/७४ मा ८ वटा, ०७४/७५ मा २ वटा झुण्डीएर आत्म हत्या, ०७२/७३ मा ४३ वटा, ०७३/७४ मा ३३ वटा, ०७४।७५ मा ६ वटा विष सेवनका, ०७२/७३ मा १८ वटा, ०७३/७४मा ६ वटा, ०७४/७५ मा २ वटा बहु विवाहको, ०७२/७३ मा ११ वटा, ०७३/७४ मा ८ वटा बोक्सीको आरोप, ०७२/७३ मा १ वटा, ०७३/७४मा १ वटा, ०७४/७५ मा १ वटा कर्तव्य ज्यान, ०७२/७३ मा ४ वटा, ०७३/७४ मा ४ वटा, ०७४/७५ मा १ वटा गर्भपतन, ०७२/७३ मा १ वटा, ०७३/७४ मा १ वटा दर्ता भएका छन।

प्रतिक्रिया दिनुहोस्: