वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

बर्दियामा ३० हजार घुससहित वनरक्षक रंगेहात पक्राउ

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बुधबार, अशोज २५, २०७४ ।    

तस्बिर: गान्दिप कायस्थ

राजापुर, बर्दिया।
सेवाग्राहीबाट ३० हजार रुपैँया घुस लिँदै गर्दा वन रक्षक रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरको टालीले बुधबार इलाका वन कार्यालय राजापुरमा कार्यरत वन रक्षक सिताराम थारु ३० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीबाट काठ निकासी छुट पूर्जीको म्याद थप गरिदिने भन्दै घुस लिँदै गर्दा अख्तियारको टोलीले वनरक्षक थारुलाई कार्यालयबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरले जनाएको छ । वन रक्षक थारुले घुसस्वरुप रकम माग गरेको सूचना तथा उजुरीको आधारमा छापा मार्दा वन रक्षक घुस रकमसहित पक्राउ परेको प्रहरी उपरिक्षक इश्वर कार्कीले जनाए ।

थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: